राष्ट्रिय दौडमा नेपाल आर्मीका विष्णु तामाङ र महिला तर्फ शान्ता बोटे प्रथम

804
राष्ट्रिय दौडमा नेपाल आर्मीका विष्णु तामाङ र महिला तर्फ शान्ता बोटे प्रथम

 
कावासोती, असार २५ । 
नवलपरासीको देवचुलीमा सम्पन्न राष्ट्रिय दौड प्रतियोगिताको पुरुष तर्फको उपाधी नेपाल आर्मीका विष्णु तामाङ र महिला तर्फ शान्ता बोटेले हात पारेका छन् । तामाङले ५ किलोमिटरको दूरी १७ मिनेट ३० सेकेण्ड पारमा पार गदै विजयी बनेका हुन ।
 
दिव्यज्योती युवा क्लव दलदलेले आयोजना गरेको प्रतियोगितामा देशभर बाट  १ सय ८१ जना धावक सहभागी भएका थिए । प्रतियोगितामा पुरुष तर्फ सेनाकै कमल बहादुर शाही दोस्रो र  ससस्त्र प्रहरीका किरण बोगटीले तेस्रो भए  । प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार, दोस्रोलाई नगद ५ हजार र तेस्रोलाई नगद ३ हजार सहित प्रमाण पत्र र ट्रफी प्रदान गरियो । 
 
देवचुली नगरपालिका र औद्योगिक सुरक्षा वेस क्याम्प दलदलेको सहयोगमा प्रतियोगिता भएको हो । देवचुली १ को देवीगौरा फुटबल मैदानबाट शुरु भई देवचुली नगरपालिकाको कार्यालयमा आएर दौड सम्पन्न भएको थियो ।

SHARE

COMMENTS

यसमा तपाइको मत