यसै बर्ष मुकुन्दपुरमा सुविधा सम्पन्न कवर्डहल

417
यसै बर्ष मुकुन्दपुरमा सुविधा सम्पन्न कवर्डहल

धनु भुसाल नवलपरासी, भदौं २ 
नवलपरासीको मुकुन्दपुरमा निर्माण शुरु गरिएको कर्वड हल यसैबर्ष भित्र सम्पन्न हुने भएको छ । २०६९ सालमा गैंडाकोट नगरपालिका ११ भेडावारीमा निमार्ण शुरु गरिएको कर्वडहलको अधिकांस कार्य पूरा गरी टप छाउने काम शुरु गरिएको छ । 
निर्माण सम्पन्न गर्न आवश्यक बजेट नहँुदा समस्या झेल्दै आएको मुकुन्दपुर कवर्डहल निर्माण समितिले यस बर्षमा सम्पन्न गरि खेल संचालन गर्ने योजना बनाएको छ । 
निर्माण समितिका सदस्य विष्णुलाल श्रेष्ठका अनुसार करिब ८० लाखको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको र निर्माण सम्पन्न गर्न अहिले सम्म नेपाल सरकारले ४० लाख रुपैयाँ सहयोग गरेको छ । यस्तै कर्वडहल निर्माणको लागि जिल्ला विकास समिति, जिल्ला खेलकुद विकास समिति र स्थानीय खेलाडी तथा सर्वसाधरणहरुले समेत आर्थिक सहयोग गरेका छन् ।
 
कर्वड हल गेष्ट हाउस सहितको ३ कोठा, अफिस कोठा र इनडोर खेलहरु सबै खेल्न मिल्ने सुविधा सम्पन्न हुनेछ । कराँते प्रशिक्षक समेत रहेका श्रेष्ठले हल निर्माण भएसंगै खेल खेल्न अन्यत्र जानुपर्ने बाध्यता हट्नेछ । यसैबर्ष मुकुन्दपुर क्षेत्रबाट २ सय कराँते, तेक्वान्दो, ब्याडमिण्टनका खेलाडीहरु उत्पादन गर्ने लक्ष्य लिईएको छ । खेल खेल्नको लागि आवश्यक कर्वडहल नहँुदा जिल्लामा खेलाडीहरुले अनेकौं समस्या झेल्नु परेको थियो । ईनडोर खेलहरु खुल्ला स्थानमै खेल्नुपर्ने बाध्यता थियो भने खेल खेल्न बाहिरी जिल्लामा पुग्नुपर्ने अवस्था रहेको खेलाडीहरुको गुनासो रहेको छ । 

SHARE

COMMENTS

यसमा तपाइको मत