सिजिकपमा चितवनले सुनवललाई ६/१ गोल अन्तरले हरायो

181
सिजिकपमा चितवनले सुनवललाई ६/१ गोल अन्तरले हरायो

नवलपरासी, जेष्ठ १  
राष्ट्रिय सिजीकप फुटबल प्रतियोगीता अन्तरगत शनिबार भएको खेलमा  युुनाइटेड क्लब टांडी चितवनले र सुनवल फुटबल क्लबलाई ६÷१ गोलको भारी अन्तरले पराजित गरेको छ । सुंनटाडी युबा क्लब दुम्कीबासले सिजि सिमेन्ट पछाडीको खेल मैदानमा आयोजना गरेको प्रतियोगितामा सुनवल भारी गोल अन्तरले पराजित बनेको हो ।
 
आइतबार आयोजक समुह दुम्किबास ए र अरुणखोला फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेलमा चिनवन नवलपरासी र रुपन्देहीका १६ वटा समूह सहभागि बनेका छन् । जेष्ठ ९ गते सम्म चल्ने प्रतियोगिताको बिजेतालाई १ लाख १ हजार १ सय ११ रुपैया र उपबिजेतालाई ५१ हजार प्रदान गरिने छ ।

SHARE

COMMENTS

यसमा तपाइको मत