तनहुँका सोम बहादुर मगरले जिते राष्ट्रिय क्याक म्याराथनको उपाधि

304
तनहुँका सोम बहादुर मगरले जिते राष्ट्रिय क्याक म्याराथनको उपाधि

अर्जुन सापकोटा, २०७३, असोज ४
प्रथम राष्ट्रिय क्याक म्याराथन प्रतियोगिताको उपाधि तनहँुका सोमबहादुर मगरले हात पारेका छन् । मंगलबार जुगेडीदेखि गैडाकोट नारायणी तिरको २० किलो मिटरको दूरीमा भएको प्रतियोगितामा २७ जना खेलाडीलाई पछाडी पार्दै मगरले उपाधि कब्जा गरेका हुन । उनले निर्धारित दूरी १ घण्टा ३ मिनेट २६ सेकेन्टमा पार गरेका थिए । 
 
नेपाल र्याफरिङ एण्ड क्याण्डीङ एसोसियएन नवलपरासीको आयोजनामा नारायणी नदीमा भएको प्रतियोगितामा तनहुँकै खेम बहादुर थापा दोस्रो, चितवनका राजेन्द्र गुरुङ तेस्रो, तनहुँका भरत गुरौं चौथो, र चितवनका नविन गुरुङ पाँचौं भए ।  प्रतियोगितामा उत्कृष्ठ ५ जनालाई क्रमस १५ हजार १२ हजार,  ७ हजार, ५ हजार, र ३ हजार रुपैयाँ नगद मेडल र प्रमाण पत्र प्रदान गरियो । चितवनका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिहंले सहभागीहरुलाई प्रमाण पत्र र बिजेतालाई पुरस्कार वितरण गरेका थिए  ।
 
स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने नारा सहित आयोजित प्रतियोगिता देशका बिभिन्न स्थानबाट आएका खेलाडीहरुले भाग लिएका थिए । एसोसिएसनका केन्द्रीय अध्यक्ष मन बहादुर न्यौपानेले यस खेलको विकास हुन सके पर्यटक भित्राउन सहयोग पुग्ने बताए । उनले भने, यो खेलको नेपालमा राम्रो सम्भावना छ, अझ नवलपरासी जिल्लाको नारायणी नदी यस खेल संचालनको लागि उपयुक्त मानिन्छ ।  प्रतियोगितामा सहभागि खेलाडीहरुले यस खेलको विकासको लागि राज्य तहबाट ध्यान केन्द्रीत हुन नसकेको दुखेसो गरेका छन् । 

SHARE

COMMENTS

यसमा तपाइको मत