नमूना समाज सिम्रेनीलाई ३२ औँ युनाइटेड च्याम्पियन कपको उपाधि

550
नमूना समाज सिम्रेनीलाई ३२ औँ युनाइटेड च्याम्पियन कपको उपाधि

अर्जुन सापकोटा, २०७३, असोज ५ ।
नवलपरासीको देउराली गाविसमा जारी ३२ औँ युनाइटेड च्याम्पियन कपको उपाधि नमूना समाज सिम्रेनीले हात पारेको छ ।  युनाइटेड युवा क्लब देउराली ३ गिरुवारीले भदौं १० गतेबाट आयोजना गरेको फूटवल प्रतियोगितामा बुधबार भएको फाईनल खेलमा देउराली सामुदायिक पुस्तकालयलाई ४/२ गोल अन्तरले पराजित गर्दै नमूनाले उपाधि माथि कब्जा जमाएको हो ।
 
निर्धारित समय भित्र दुबै समूहबाट गोल हुन नसकेपछि खेल ट्राईबे्रकरमा धकेलिएको थियो । ट्राईबे्रकर मार्फत बिजेताको टुङ्गो लागेको हो ३/३ जना बिदेशी खेलाडी सहित दुबै समूह खेल मैदानमा उत्रिएका थिए । प्रतियोगिताको बिजेता सिमे्रनीले १ लाख रुपैयाँ हात पर्यो भने उपबिजेता पुस्तकालयले ५० हजारमा चित्त बुझायो ।
 
उत्कृष्ठ खेलाडी देउराली सामुदायिक पुस्तकालयका दिपेश यादव घोषित भने, सर्वाधिक गोल कर्ता सिम्रेनीका कोषलाल कुमार घोषित भए । उनीहरुलाई नगद ५/५ हजार रुपैयाँ प्रदान गरियो । फूटवल प्रतियोगितामा २४ समूहले सहभागिता जनाएका थिए । बिजेताहरुलाई एन्फाका केन्द्रीय सदस्य प्रकाश पंगेनीले पुरस्कार प्रदान गरेका थिए ।
 
संस्कृत तथा साधारण माध्यामिक विद्यालयको मैदानमा भएको निकै रोचक खेल हेर्न ठूलो भीड लागेको थियो । आयोजकले दिएको जानकारी अनुसार, प्रतियोगिता संचालन गरेपछि अहिले सम्मकै सबैभन्दा मानिसहरुले खेल हेरेका छन् । खेल सम्पन्न गर्न करिव ४ लाख रुपैयाँ खर्च भएको छ । युनाईटेड क्लवले हरेक बर्ष फूटवल प्रतियोगिता आयोजना गर्ने गरेको छ । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत