नवलपरासीकी ईन्दु घिमिरेलाई नर्थ एसियन अल्टा खेलको उपाधि

3544
नवलपरासीकी ईन्दु घिमिरेलाई नर्थ एसियन अल्टा खेलको उपाधि

नवलपरासी २०७३, असोज ९ । 
 
नवलपरासीको गैडाकोट ४ कि ईन्दु घिमिरेले नर्थ एसियन अल्टा खेलको उपाधि जितेकी छन् । गोदाबारीमा भएको ६० किलो मिटरको दूरीको प्रतियोगितामा उनले उपाधि कब्जा गरेकी हुन् । 
 
घिमिरेले निर्धारित दूरी ६ घण्टा ५९ मिनेटमा पार गरेकी थिईन् । प्रतियोगितामा सात राष्ट्रका ४ सय खेलाडीहरुले सहभागिता जनाएका थिए । राष्ट्रिय अल्टा धावक खेलाडी घिमिरे भरखरै ईजरायलबाट नेपाल फर्किएका हुन् । 
 
उनी विगत ९ बर्षदेखि अल्टा खेलमा आबद्ध रहेकी छन् । विदेशी भूमिबाट समेत नेपाललाई चिनाउन खेलको भूमिकाको प्रसंसा हुने गरेको छ । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत