महाराजा कप प्रतियोगितामा वन तथा पर्यावरण सुरक्षा गणको ५ गोल

360
महाराजा कप प्रतियोगितामा वन तथा पर्यावरण सुरक्षा गणको ५ गोल

नवलपरासी, २०७३, असोज १४ 
नवलपरासीको कावासोतीमा जारी महाराजा कप फूटवल प्रतियोगितामा शुक्रबार वन तथा पर्यावरण सुरक्षा गण विजयी भएको छ ।  कोइलापानी कोल्डस्टार क्लव र नव विहानी यूवा क्लवको संयुक्त आयोजनामा भएको प्रतियोगितामा सुरक्षा गण हात्तीखोरले  र कोईलापानी पोल्डस्टार युवा क्लवलाई ५/० गोल पराजित गरेको हो । 
 
त्यस्तै शनिवार हुने खेलमा शान्ती दिप यूवा क्लव पृथ्वी नगर र देउराली पुस्तकालय स्रोतबीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।  प्रतियोगीतामा २२ समूहले सहभागीता जनाएका छन् । खेलमा प्रथम हुनेलाई विस हजार द्धितिय हुनेलाई दश हजार रुपैयाँ रहेको छ  ।
 

SHARE

COMMENTS

यसमा तपाइको मत