राष्ट्रिय सिजि कपमा क्वाटर फाईनलका खेल शुरु

राष्ट्रिय सिजि कपमा क्वाटर फाईनलका खेल शुरु

 नवलपरासी जेठ २ 

राष्ट्रिय सिजीकप फुटबल प्रतियोगीता अन्तरगत आईतबार वाट क्वाटरफाईनलका खेलहरु शुरु भएका छन् । क्वाटर फाईनलको पहिलो खेलमा आयोजक दुम्किबास ए बिजयी बनेको छ । अरुणखोला फुटवल क्लवलाई ३/१ गोल अन्तरले पराजित गरेको छ ।

 
दुम्कीबासको जितमा बिदेशी खेलाडी मार्सलले २ र  थप बहादुर गुरुगले १ गोल गरेका थिए । सोमबार दुम्कीबास बि र रुपन्देही दानापुरबीच प्रतिसप्रर्धा हुनेछ । सुंनटाडी युबा क्लब दुम्कीबासले सिजि सिमेन्ट पछाडीको खेल मैदानमा आयोजना गरेको छ ।
 
खेलमा चितवन नवलपरासी र रुपन्देहीका १६ वटा समूह सहभागि बनेका छन् । जेष्ठ ९ गते सम्म चल्ने प्रतियोगिताको बिजेतालाई १ लाख १ हजार १ सय ११ रुपौया र उपबिजेतालाई ५१ हजार रुपौया प्रदान गरिने छ ।  

SHARE

COMMENTS

यसमा तपाइको मत