ठूलो धनराशीको राईनो संरक्षण गोल्डकप कार्तिकमा हुने

418
ठूलो धनराशीको राईनो संरक्षण गोल्डकप कार्तिकमा हुने

अर्जुन सापकोटा, २०७३, असोज १५ ।
नवलपरासीमा वन वन्य जन्तु संरक्षणको लागि ठूलो धनराशी पुरस्कार सहितको राईनो संरक्षण गोल्डकप फूटवल प्रतियोगिता आयोजना हुने भएको छ । नन्द भाउजू मध्यवर्ती उपभोक्ता समितिको आयोजना र विभिन्न संघ संस्थाहरुको समन्वयमा कार्तिक १ गतेदेखि प्रतियोगिता संचालन गर्न लागिएको शनिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराईएको हो । 
 
कावासोतीको थकाली होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रचार प्रसार समितिका संयोजक बिष्णु प्रसाद अधिकारीले प्रतियोगिताको सबै तयारी अन्तिम चरणमा पुगेको र खेलमा देशका उत्कृष्ठ १२ समूहले सहभागिता जानकारी दिए । उनकाअनुसार  विभागिय टोलिहरु नेपाल आर्मी, शसस्त्र प्रहरी, जनपद प्रहरी र अन्य मोफसलका उत्कृष्ठ  समूहले भाग लिने निश्चित भएको छ ।
 
वन मन्त्रीले उद्घाटन र खेल मन्त्रीले समापन गर्ने प्रतियोगिताका विजेतालाई ३ लाख २५ हजार ५ सय ५५ रुपैयाँ शिल्ड मेडल तथा होमस्टेमा १ दिनको बसाई र राष्ट्रिय निकुञ्जको अवलोकन गराईने छ । 
 
यस्तै उपविजेतालाई १ लाख ६५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिताले सम्पूर्ण देशकै ध्यान केन्द्रीत गर्ने यस खेलले देशकै लागि एउटा नमूना कार्य हुने नन्द भाउजू उपभोक्ता समितिका अध्यक्ष दमन भण्डारीले बताए । 
 
खेल राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फूटवल संघ नियम अनुसार संचालन हुनेछ । खेल सम्पन्न गर्न करिव ३५ लाख रुपैयाँ खर्च लाग्ने छ । उक्त रकम आन्तरिक तथा वाह्य श्रोत परिचालन गरी संकलन गरि उठाउने बताईएको छ ।
 
खेलको माध्यमबाट यूवाहरुमा वन बन्य जन्तु वातावरण संरक्षण र चेतनाको विकास विस्तार गर्ने मुख्य उदेश्य रहेको छ । प्रतियोगिता नवलपरासीको मध्यविन्दु नगरपालिका २ स्थित कुमारवार्ती उच्च माविको खेल मैदानमा संचालन हुनेछ । 

SHARE

COMMENTS

यसमा तपाइको मत