न्यू नारायणीलाई ३ सुन्य गोलले हराउँर्दै योङ्गस्टारले ५० हजार जित्यो

810
न्यू नारायणीलाई ३ सुन्य गोलले हराउँर्दै योङ्गस्टारले ५० हजार जित्यो

अर्जुन सापकोटा, २०७३, असोज २१ । 
योङ्गस्टारयुवा क्लव कावासोतीले जिल्ला स्तरीय फुटवल प्रतियोगिताको उपाधि जितेको छ । धुव्रतारा युवा क्लव गैडाकोट १३ सिख्रौलीको आयोजनामा भएको नकआउट फूटवल प्रतियोगितामा न्यू नारायणी युवा क्लवलाई ३ सुन्य गोल अन्तरले हराउँर्दै उपाधि माथि कब्जा जमाएको हो । 
 
वातावरण मैत्रीपूर्ण धुव्रतारा कप फुटवल प्रतियोगिता सिख्रौली खेल मैदानमा प्रतियोगिता आयोजना गरिएको थियो । असोज ५ गतेदेखि शुरु भएको प्रतियोगितामा जिल्लाका १८ समूह सहभागि बनेका थिए । विजेता योङ्गस्टारले ५० हजार रुपैयाँ प्राप्त गर्यो भने उपबिजेता न्यू नारायणीले २५ हजारमा चित बुझायो । 
 
प्रतियोतामा प्रकाश पुन उत्कृष्ट खेलाडी घोषित भए भने, नवीन महत्तो म्यान आफ् दि म्याचको पुरस्कार प्राप्त गरे ।  विजेता समूह र उत्कृष्ट खेलाडीलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार आलेले पुरस्कार हस्तान्तरण गरेका थिए । हरेक बर्ष जस्तै यस बर्षपनि प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको भन्र्दै क्वलका अध्यक्ष नर बहादुर थापाले खुसी व्यक्त गरे । 
 

 

SHARE

COMMENTS

यसमा तपाइको मत