राईनो संरक्षण गोल्डकप फुटवलमा जगदम्बा लुम्बिनीको विजयी शुरुवात

687
राईनो संरक्षण गोल्डकप फुटवलमा जगदम्बा लुम्बिनीको विजयी शुरुवात

 नवलपरासी, २०७३, कार्तिक १ । 

नवलपरासीमा सोमबार बाट सुरु भएको राईनो गोल्ड कप फुटबल प्रतियोगितामा जगदम्बा लुम्बिनीले विजयी सुरुवात गरेको छ । पहिलो उद्घाटन खेलमा मकवानपुरलाई १ का विरुद्ध ३ गोल  पराजित गर्दै जगदम्बा लुम्बिनीले विजयी सुरुवात गरेको हो । 
 
कुमारवर्ती उच्च माविको खेल मैदान कोल्हुवामा भएको खेलको सुरुवाती ९ मिनेटमा नन्दीत थापाले गोल गरेर लुम्बिनी लाई अग्रता दिलाएका थिए भने लगत्तै १३ औ मिनेटमा अजित थापाले अर्को गोल गरेका थिए । खेलकौ ४३ औ मिनेटमा मकवानपुरका लागि एक मात्र गोल राजिव प्रजापतीले गरेका थिए । खेलको ६२ औ मिनेटमा रितेश मल्लले गोल गरेसंगै लुम्बिनी ३–१ के गोल अन्तरले विजयी हुन सफल भयो ।
 
प्रतियोगिता अन्र्तगत मंगलबार लाल बन्दि स्पोट्र्स क्ल्ब सर्लाही र आयोजक चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितीबीच  खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा नवलपरासी, चितवन, रुपन्देही, काठमाण्डौसहित देशभरिका १२ वटा टिमको सहभागिता रहेको छ।
 
मोफसलकै धेरै राशि रहेको राईनो संरक्षण राईनो गोल्ड कप फुटबल प्रतियोगीतामा प्रथम हुनेले नगद ३ लाख २५ हजार ५ सय ५५ रुपैया, प्रमाण पत्र र मेडल प्राप्तको साथै १ दिने अमलटारी होमस्टे बसाई गर्ने पाउनेछन, भने दित्तिय  हुनेले नगद  १ लाख ६५ हजार ५ सय ५५ रुपैया प्रमाण पत्र र मेडल प्राप्त पाउने छन् । प्रतियोगिता १३ गते सम्म चल्ने आयोजकले जानकारी दिएको छ । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत