राईनो गोल्डकपमा मंगलबार सर्लाही स्र्पोट क्लव विजयी

613
राईनो गोल्डकपमा मंगलबार सर्लाही स्र्पोट क्लव विजयी

धनु भुसाल, २०७३, कार्तिक २ । 
राइनो संरक्षण गोल्डकप फटुबल प्रतियोगिता मंगलवार भएको खेलमा  सर्लाही लालवन्दी स्र्पोटस क्लव विजयी भएको छ । आयोजक नन्द भाउजु मध्यवती उपभोक्ता समितिलाई २ एक गोलले पराजित गरेको हो । कुमारवती उच्च माविको खेल मैदान कोल्हुवामा भएको खेलमा बुधबार योङ स्टार क्लव कावासोती र पोखरा ११ कास्की बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।  
 
१३ गते सम्म हुने खेलमा नवलपरासी, चितवन, रुपन्देही, काठमाण्डौ सहित देशभरिका १२ वटा टिमको सहभागिता रहेको छ । वन्य जन्तुको संरक्षणको लागि  मोफसलकै धेरै पुरस्कार राशि रहेको राईनो संरक्षण राईनो गोल्ड कप फुटबल प्रतियोगीता आयोजना गरिएको हो । 
 
प्रथम हुनेले नगद ३ लाख २५ हजार ५ सय ५५ रुपैया, प्रमाण पत्र र मेडल प्राप्तको साथै १ दिने अमलटारी होमस्टे बसाई गर्ने पाउनेछन, भने दित्तिय  हुनेले नगद  १ लाख ६५ हजार ५ सय ५५ रुपैया प्रमाण पत्र र मेडल प्राप्त पाउने छन् । खेलको सोमबार वन मन्त्री शंकर भण्डारीले समुद्घाटन गरेका थिए ।

SHARE

COMMENTS

यसमा तपाइको मत