राईनो कपमा आज गत बर्षको उपविजेता योङ स्टार र पोखरा ११ भिड्र्दै

527
राईनो कपमा आज गत बर्षको उपविजेता योङ स्टार र पोखरा ११ भिड्र्दै

अर्जुन सापकोटा,  २०७३, कार्तिक ३ । 
राइनो संरक्षण गोल्डकप फटुबल प्रतियोगिता बुधबार तेस्रो खेल हुँर्दैछ । कुमारवर्ती उच्च माविको खेल मैदान भएको दिउसो हुने खेलमा गत बर्षको उपविजेता योग स्टार क्वल कावासोती र पोखरा ११ कास्की बीच हुँदैन् । योग स्टारलाई गत बर्षको शाख बचाई राख्नुपर्ने बाध्यता छ भने  पोखरा ११ पनि बलियो टोलि मानिन्छ । 
 
मंगलबार भएको  सर्लाही लालवन्दी स्र्पोटस क्लव विजयी भएको छ । आयोजक नन्द भाउजु मध्यवती उपभोक्ता समितिलाई २ एक गोलले पराजित गरेको हो । १३ गते सम्म हुने खेलमा नवलपरासी, चितवन, रुपन्देही, काठमाण्डौ सहित देशभरिका १२ वटा टिमको सहभागिता रहेको छ । वन्य जन्तुको संरक्षणको लागि  मोफसलकै धेरै पुरस्कार राशि रहेको राईनो संरक्षण राईनो गोल्ड कप फुटबल प्रतियोगीता आयोजना गरिएको हो ।   
 
प्रथम हुनेले नगद ३ लाख २५ हजार ५ सय ५५ रुपैया, प्रमाण पत्र र मेडल प्राप्तको साथै १ दिने अमलटारी होमस्टे बसाई गर्ने पाउनेछन, भने दित्तिय  हुनेले नगद  १ लाख ६५ हजार ५ सय ५५ रुपैया प्रमाण पत्र र मेडल प्राप्त पाउने छन् । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत