मगर युवाहरु खेलकै प्रर्बद्धनमा

प्रतियोगितामा बिजेतालाई नगद रु ३० हजार, द्धितिय हुनेलाई रु २० हजार र तृतियलाई रु १० हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ ।

मगर युवाहरु खेलकै प्रर्बद्धनमा

 नवलपरासी जेठ ७ 
नेपाल मगर युवा संघ कावासोती नगर कमिटीको आयोजनामा विहिबारदेखि  कावासोतीमा खुल्ला भलिबल प्रतियोगिता शुरु भएको छ । खेलको जिल्ला  खेलकुद विकास समितिका कोषाध्यक्ष विकास केसीले उद्घाटन गरेका हुन । थान चोकको खुल्ला मैदानमा प्रतियोगिताको उद्घाटन गर्दै केसीले भने “खेलकुद स्वाथ्य र राष्ट्रका लागि आवश्यक हो सबै युवा एक भएर अगाडी बढ्नुहोस् नवलपरासीले खेल क्षेत्रमै ठूलो फड्को मार्न सक्छ ।” 
 
चण्डि पूर्णिमाको अवसरमा संचालन गरिएको प्रतियोगितामा नवलपुर क्षेत्रका २० समूहको सहभागिता रहेको नगर कमिटीका अध्यक्ष कृष्ण बहादुर सारुले जानकारी दिए । मगर युवाहरु बिशेष गरी खेलकुदमा रुची राख्ने हु“दा खेलको विकासको लागि हरेक बर्ष खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको मगर युवा भिम गाहा मगरले जानकारी दिए । 
 
प्रतियोगितामा बिजेतालाई नगद रु ३० हजार, द्धितिय हुनेलाई रु २० हजार र तृतियलाई रु १० हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ । ८ गते सम्म चल्ने प्रतियोगिताको अन्तिम दिन राष्ट्रिय कलाकारहरुको बजोड प्रस्तुती सहित सास्कृतिक कार्यक्रम समेत आयोजना गरिएको छ । गत बर्ष पनि खुल्ला चौरमा प्रतियोगिताको आयोजना गरिएको थियो । जिल्लाको नवलपुर क्षेत्रमा खेलकुद प्रतियोगिताले प्राथमिकता पाएको छ । अहिले पनि बिभिन्न स्थानमा भलिवल तथा फुटवल प्रतियोगिताहरु जारी रहेका छन् । 

SHARE

COMMENTS

यसमा तपाइको मत