राईनो कपमा गत बर्षको उपबिजेता योङ स्टार पोखरा ११ सँग पराजित

598
राईनो कपमा गत बर्षको उपबिजेता योङ स्टार पोखरा ११ सँग पराजित

नवलपरासी, २०७२ कार्तिक ३ 
राइनो संरक्षण गोल्डकप फटुबल प्रतियोगितामा  वुधवार भएको खेलमा गत बर्षको उपबिजेता योङ स्टार क्लव कावासोती पोखरा ११ कास्की सँग पराजित भएको छ । कुमारवर्ती उच्च माविको खेल मैदान भएको प्रतियोगितामा योङस्टारलाई २/४ गोल अन्तरले पराजित गर्दै पोखरा ११ कास्की विजयी भएको हो ।  खेलको २४ औं मिनटमा पोखराको रमेश थापाले पहिलो गोल गरेर कास्की ११ लाई अग्रता दिन, २९ र ३० औँ मिनेट आँै मिनटमा राकेश गुरुङ्गले २ गोल गरे । 
 
योङ्ग स्टार क्लव नवलपरासीको तर्फ बाट अफ्रिकी मुलका खेलाडी  मार्टीनले खेलको ३८ र ८२ औँ मिनेटमा गोल गरेका थिए ।  खेलको ८२ औं मिनटमा पोखराको लागि विश्व गुरुङ्गले आफ्नो गोल गरेपछि २÷४ गोल अन्तरले विजयी भएको हो । 
 
योङ स्टार २ जना बिदेशी खेलाडी सहित खेल मैदानमा उत्रिएको थियो । प्रतियोगितामा नवलपरासी, चितवन, रुपन्देही, काठमाण्डांै सहित देशभरीका  १२ वटा समूहको सहभागिता रहेको छ । मोफसलकै धेरै पुरस्कार राशि रहेको राईनो संरक्षण राईनो गोल्ड कप फुटबलमा प्रथम हुनेले नगद ३ लाख २५ हजार ५ सय ५५ रुपैया, प्रमाण पत्र र मेडल प्राप्तको साथै १ दिने अमलटारी होमस्टे बसाई गर्ने पाउनेछन् । 
 
यस्तै उपबिजेताले १ लाख ६५ हजार ५ सय ५५ रुपैया प्रमाण पत्र र मेडल प्राप्त पाउने छन् । त्यस्तै विहीवार हुने खेलमा विरगञ्जयुथ कलव विरगञ्ज र बवाईज युनिक क्लव काठमाण्डौं बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।  
 

SHARE

COMMENTS

यसमा तपाइको मत