राईनोकपमा ब्वाईज युनियनले बिरगञ्जलाई ट्राईबे्रकरमा हरायो

316
राईनोकपमा ब्वाईज युनियनले बिरगञ्जलाई ट्राईबे्रकरमा हरायो

अर्जुन सापकोटा, २०७३ कार्तिक ४ । 
राईनो संरक्षण गोल्डकप फुटबलको बिहिबारको खेलमा ब्वाई युनियन क्लव काठमाण्डौं विजयी छ । बिरगञ्ज युथ क्लवलाई  ट्राईब्रेकरमा ५÷३ गोल अन्तरले पराजित गर्दै काठमाण्डौ विजयी भएको हो ।
 
कुमारवर्ती उच्च माविको खेल मैदान कोल्हुवामा भएको खेलको निर्धारित समय भित्र दुबै तर्फबाट मात्र १÷१ गोल भएपछि खेल ट्राईबे्रकरमा धकेलिएको थियो । काठमाण्डौ जितसँगै दोस्रो चरणमा प्रबेस गरेको छ । 
 
प्रतियोगितामा नवलपरासी, चितवन, रुपन्देही, काठमाण्डांै सहित देशभरीका १२ वटा समूहको सहभागिता रहेको छ । मोफसलकै धेरै पुरस्कार राशि रहेको राईनो संरक्षण राईनो गोल्ड कप फुटबलमा प्रथम हुनेले नगद ३ लाख २५ हजार ५ सय ५५ रुपैया, प्रमाण पत्र र मेडल प्राप्तको साथै १ दिने अमलटारी होमस्टे बसाई गर्ने पाउनेछन् ।  यस्तै उपबिजेताले १ लाख ६५ हजार ५ सय ५५ रुपैया प्रमाण पत्र र मेडल प्राप्त पाउने छन् ।

SHARE

COMMENTS

यसमा तपाइको मत