लालबन्दीले झापा ११ लाई ट्राईबे्रकरमा ५/३ गोल अन्तरले हरायो

343
लालबन्दीले झापा ११ लाई ट्राईबे्रकरमा ५/३ गोल अन्तरले हरायो

नवलपरासी, २०७३ कार्तिक ६ ।  
राईनो संरक्षण गोल्डकप फुटबलको शुक्रबार भएको खेलमा लालबन्दी स्र्पोट क्लव सर्लाही विजयी भएको छ । झापा ११ लाई ट्राईब्रेकरमा हराउँर्दै लालबन्दी बिजयी भएको हो । निर्धारित समय भित्र दुबै तर्फबाट २/२ गोल भएपछि खेल ट्राईबे्रकरमा धकेलिएको थियो । ट्राईबे्रकरमा लालबन्दीले झापा ११ लाई ५/३ गोल अन्तरले पराजित हो । 
 
कुमारवर्ती उच्च माविको खेल मैदान कोल्हुवामा भएको प्रतियोगितामा नवलपरासी, चितवन, रुपन्देही, काठमाण्डांै सहित देशभरीका १२ वटा समूहको सहभागिता रहेको छ । 
 
मोफसलकै धेरै पुरस्कार राशि रहेको राईनो संरक्षण राईनो गोल्ड कप फुटबलमा प्रथम हुनेले नगद ३ लाख २५ हजार ५ सय ५५ रुपैयाँ, प्रमाण पत्र र मेडल प्राप्तको साथै १ दिने अमलटारी होमस्टे बसाई गर्ने पाउनेछन् ।  यस्तै उपबिजेताले १ लाख ६५ हजार ५ सय ५५ रुपैयाँ प्रमाण पत्र र मेडल प्राप्त पाउने छन् ।
 

SHARE

COMMENTS

यसमा तपाइको मत