एपिएफलाई हराउदै जगदम्बा लुम्बिनी राईनो कपको सेमिफाईनमा प्रबेश

1141
एपिएफलाई हराउदै  जगदम्बा लुम्बिनी राईनो कपको सेमिफाईनमा प्रबेश

अर्जुन सापकोटा, २०७३, कार्तिक ६ ।
जगदम्बा लुम्बिनी क्लव राईनो संरक्षण गोल्डकप फुटबलको सेमिफाईनलमा प्रबेश गरेको छ । शनिबार भएको दोस्रो क्वाटर फाईनल खेलमा बलियो मानिने शशस्त्र प्रहरी बल एपीएफलाई ट्राईवे्रकरमा हराउदै जगदम्बा विजयी भएको हो । 
 
निर्धारित समय भित्र दुबै तर्फबाट एक गोल मात्र भएपछि खेल ट्राईबे्रकरमा धकेलिएको थियो । ट्राईवेकरमा ४–३ गोल अन्तरले जगदम्बा लुम्बिनी विजयी भएको हो । 
 
खेलको ४५ औँ मिनेटमा शशस्त्रका श्याम नेपाली र ४९ औँ मिनेटमा लुम्बिनीका रञ्जित थापाले गोल गरेका थिए । कुमारवर्ती उच्च माविको खेल मैदान कोल्हुवामा भएको प्रतियोगितामा नवलपरासी, चितवन, रुपन्देही, काठमाण्डांै सहित देशभरीका १२ वटा समूहको सहभागिता रहेको छ ।
 
मोफसलकै धेरै पुरस्कार राशि रहेको राईनो संरक्षण राईनो गोल्ड कप फुटबलमा प्रथम हुनेले नगद ३ लाख ६५ हजार ५ सय ५५ रुपैयाँ, पाउँनेछन् । 
यस्तै उपबिजेताले १ लाख ६५ हजार ५ सय ५५ रुपैया प्रमाण पत्र र मेडल प्राप्त पाउने छन् । त्यस्तै आईतबार पोखरा ११ कास्की र सङकटा क्लव काठमाण्डौं विच प्रतिस्पर्धा हुने आयोजक नन्द भाउजू मध्यवर्ती उपभोक्ता समूहले जानकारी दिएको छ ।
 

SHARE

COMMENTS

यसमा तपाइको मत