पोखरा ११ लाई हराउँदै संकटा क्वल राईनो कपको सेमीफाईनलमा प्रबेश

594
पोखरा ११ लाई हराउँदै संकटा क्वल राईनो कपको सेमीफाईनलमा प्रबेश

धनु भुसाल, २०७३ कार्तिक ७ । 
राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको आईतवार भएको खेलमा संकटा क्लव काठमाण्डांैै सेमीफाईनलमा प्रवेश गरेको छ । पोखरा ११ कास्कीलाई १ सुन्य गोल अन्तरले पराजित गर्दै संकटा विजयी भएको हो ।
 
संकटालाई जिताउन खेलको दोस्रो हाफमा ७९ औँ मिनेटमा संकटा क्लवका सविन खड्काले गोल गरेका थिए । खेलमा संकटाका लाओला ओलीले रेड कार्ड पाएका थिए । कुमारवर्ती उच्च माविको खेल मैदान कोल्हुवामा भएको प्रतियोगितामा नवलपरासी, चितवन, रुपन्देही, काठमाण्डांै सहित देशभरीका १२ वटा समूहको सहभागिता रहेको छ । 
 
मोफसलकै धेरै पुरस्कार राशि रहेको राईनो संरक्षण राईनो गोल्ड कप फुटबलमा प्रथम हुनेले नगद ३ लाख ६५ हजार ५ सय ५५ रुपैयाँ, पाउँनेछन् ।  यस्तै उपबिजेताले १ लाख ६५ हजार ५ सय ५५ रुपैया प्रमाण पत्र र मेडल प्राप्त पाउने छन् । यस्तै सोमवार वाईज यूनियन काठमाण्डै र नेपालगञ्ज ११ विच अन्तिम क्वाटर फाईनलको खेल हुने आयोजक नन्दभाउजु मध्यवर्ती उपभोक्ता समितीले जनाएको छ । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत