१० औँ थुम्कीदेवी कपको उपाधि दुम्किवास फुटबल क्लवलाई

1054
१० औँ थुम्कीदेवी कपको उपाधि दुम्किवास फुटबल क्लवलाई

सरस्वती सुवेदी, २०७३ कार्तिक ७ । 
नवलपरासीको देउरालीमा आयोजित १० औं थुम्कीदेवी कप फुटवल प्रतियोगिता २०७३ को उपाधि दुम्किवास फुटबल क्लव दुम्किवासले हात पारेको छ । आईतबार भएको फाईनल खेलमा युनाईटेड युवा क्लव गिरुवारीलाई ट्राईबे्रकरमा ५/४ लोल अन्तरले पराजित गर्दैै दुम्किवासले उपाधि माथि कब्जा जमाएको हो । 
 
खेलको निर्धारित समय भित्र दुबै तर्फ १÷१ गोल भएपछि खेल ट्राईबे्रकरमा धकेलिएको हो । खेलको दोस्रो हाफ ६३ औँ मिनेटमा दुम्किवासका राजेश चौधरीले पहिलो गोल गरेका थिए । यस्तै युनाईटेडको लागि खेल सकिन ३ मिनेट बाँकी रहदा निशान केसीले गोल गरे । 
 
प्रतियोगीतामा कार्यक्रमका प्रमुख अतिथी नेपाली काग्रेसका महाधिवेशन प्रतिनीधि एवम उद्योगपति विष्णुकुमार कार्कीले प्रथम हुनेलाई नगद ६५ हजार  र द्धितिय हुनेलाई ४० हजार पुरस्कार प्रदान गरे ।  प्रतियोगितामा नवलपरासी, चितवनगरी २४ समूहको सहभागीता रहेको छ । असोज १४ गते देखी शुरु भएको खेलको थियो । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत