राईनो संरक्षण गोल्डकपको दुवै उपाधि काठमाण्डौं भित्रिने निश्चित

953
राईनो संरक्षण गोल्डकपको दुवै उपाधि काठमाण्डौं भित्रिने निश्चित

नवलपरासी, २०७३ कार्तिक १२ । 
राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको बिजेता र उपबिजेताको दुबै उपाधि यस बर्ष काठमाण्डौ भित्रने निश्चित भएको छ । ठूलो धन राशी पुरस्कार रहेको प्रतियोगिताको उपाधिको लागि काठमाण्डौका २ वटा क्लव भिड्ने तयारी गरेका छन् ।  
 
संकटा क्लव काठमाण्डौ र व्बाईज युनियन काठमाण्डौं उपाधिको लागि शनिबार भिड्दै छन् । देशका विभिन्न १२ स्थानका उत्कृष्ट समूह सहभागि प्रतियोगितामा १० वटा समूहलाई उछिन्र्दै संकटा र युनियन उपाधिको लागि फाईनल यात्रा तय गरेका हुन् । 
 
गत बर्ष कावासोतीको योङ स्टार क्लव उपबिजेता बनेको थियो । यस प्रतियोगिताबाट प्रत्यक्ष रुपमा पुरस्कार मात्र ५ लाख ३१ हजार काठमाण्डौ भित्रनेछ । राईनो गोल्ड कप फुटबलमा प्रथम हुनेले नगद ३ लाख ६५ हजार ५ सय ५५ रुपैयाँ र उपबिजेताले १ लाख ६५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् । 
 
नन्द भाउजू मध्यवर्ती उपभोक्ता समूहको आयोजनामा भएको प्रतियोगिता वन्य जन्तु संरक्षणको नारा सहित आयोजना गरिएको हो । कुमारवर्ती उच्च माविको खेल मैदान कोल्हुवामा भएको प्रतियोगितामा नवलपरासी, चितवन, रुपन्देही, काठमाण्डांैका क्लवहरु सहभागि बनेका थिए । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत