राइनो कपको उपाधि ब्वाइज युनियनले उचाल्यो

398
राइनो कपको उपाधि ब्वाइज युनियनले उचाल्यो

नवलपरासी, २०७३ कार्तिक १३ । 
नवलपरासीको मध्यविन्दु २ कोल्हुवामा सञ्चालित राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७३ को उपाधि ब्वाइज युनियन काठमाण्डौले कब्जा गरेको छ ।  संरक्षणका लागी खेलकुद भन्ने उदेश्यका साथ नन्द भाउजु मध्यवर्ती उपभोक्ता समिति मध्यविन्दु –२ कोल्हुवामा सञ्चालित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको फाईनल खेलमा व्वाईज युनियन काठमण्डौले संकटा क्वलव काठमाण्डौलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । 
प्रतियोगिताको फाइलन खेलमा पहिलो हाफमा ब्वाइज युनियनले २ गोलको अग्रता लिएको थियो भने दोस्रो हाफमा संकटाले १ गोल गरेको थियो । खेलको पहिलो ९ मिनटमा ब्वाईज युनियनका जर्सी २० का खेलाडी विनोद लामाले गरेका थिए भने खेलको ३३ औं मिनटमा अफ्रिकी मुलका खेलाडी ओफेज ओलाले ब्वाईज युनियनलाई थप १ को अग्रता दिलाएका थिए । 
 
खेलको ५४ मिनटमा संकटाले पाएको प्लान्टीलाई जर्सी नं. १० का खेलाड अस्मीजंङ्ग कार्कीले गोलमा परिणत गर्दै खेललाई फर्काउन खोजे अन्तत संकटाले उपविजेतामा चित्त बुझाउन पर्यो । राईनो संरक्षण गोल्ड क्लवका विजेता टिमले नगद रु ३ लाख २५ हजार ५ सय ५५ र एक दिनको होमस्टे बसाई गर्न पाउने छन भने, उप विजेता टिमले नगद रु १ लाख ६५ हजार ५ सय ५५ पाएका छन् ।
 
विजयीलाई युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईलीले पुरस्कार वितरण गरे । विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसस्थाका व्यक्तिहरुको उपथिती रहकेका कार्यक्रममा कार्यक्रममा आधुनिक गायिका अञ्जु पन्त, गायक अर्जुन पोख्रेल लागाएत विभिन्न जातिको संस्कृति झल्कने गित र नृत्यहरु प्रस्तुत गरिएको थियो । प्रतियोगिता कार्तिक १ गतेदेखि शुरु भएको थियो । 

SHARE

COMMENTS

यसमा तपाइको मत