दुम्किवास र अभिषेक चर्च राष्ट्रिय सिजिकपको उपाधिका लागि भिड्ने

शनिबार नवलपुर र परासी क्षेत्रका महिला खेलाडीहरु बीच मैत्रिपूर्ण फुटवल हुने आयोजकले जानकारी गराएको छ ।

578
दुम्किवास र अभिषेक चर्च राष्ट्रिय सिजिकपको उपाधिका लागि भिड्ने

राष्ट्रिय सिजिकप फुटवल प्रतियोगिताको उपाधिको लागि आईतबार आयोजक सुँनटाडी युवा क्लब ए र अभिषेक चर्च रहजरबीच प्रतिसप्रर्धा हुँने भएको छ । अन्तिम सेमिफाईनल खेलमा रजहरले टाँडी यूनाईटेड क्लवलाई १/० गोल अन्तरले पराजित गरे संगै रहजरले फाईनलको यात्रा तय गरेको हो । रजहरको लागि खेलको पहिलो हाफमा बिदेशी खेलाडी मार्टिनले एक मात्र गोल गरेका थिए ।
 
यस अगाडी दुम्विकास फाईनलमा प्रबेश गरि सकेको छ । सिजि सिमेन्ट पछाडीको खेल मैदानमा भएको प्रतियोगिता ९ गते सम्म चल्नेछ । यस्तै शनिबार नवलपुर र परासी क्षेत्रका महिला खेलाडीहरु बीच मैत्रिपूर्ण फुटवल हुने आयोजकले जानकारी गराएको छ । चितवन नवलपरासी र रुपन्देहीका १६ वटा समूह सहभागि बनेका प्रतियोगिताका बिजेतालाई १ लाख १ हजार १ सय ११ रुपैया र उपबिजेतालाई ५१ हजार प्रदान गरिने छ ।  

SHARE

COMMENTS

यसमा तपाइको मत