उपाधिका लागि पतवरी ए र मध्यबिन्दु भलिवल टेनिङ्ग सेन्टर भिड्ने

218
उपाधिका लागि पतवरी ए र मध्यबिन्दु भलिवल टेनिङ्ग सेन्टर भिड्ने

नवलपरासी जेठ ७ 
नेपाल मगर युवा संघ कावासोती नगर कमिटीले आयोजनामा गरेको खुल्ला भलिवल प्रतियोगिताको उपाधिको लागि पतवरी ए र मध्यबिन्दु भलिवल टेनिङ्ग सेन्टरबीच प्रतिसप्रर्धा हुँने भएको छ । थाना चोकको खुल्ला मैदानमा बिहिबारवाट शुरु भएको प्रतियोगितामा पतवरी र मध्यविन्दुबीच शनिबार प्रतिप्रर्धा हुन लागेको हो । शुक्रबार पतबारी (बि) लाई पराजित गर्दै सुनगाभाले तेस्रो स्थान कब्जा गरेको छ ।
 
चण्डि पूर्णिमाको अवसरमा संचालन गरिएको प्रतियोगितामा नवलपुर क्षेत्रका २० समूह सहभागि बनेका छन् । खेलमा पहिलो, दोस्रो र तेस्रो हुँनेलाई क्रमस ३०, २०, र १० हजार प्रदान गरिने छ । विजेताहरुलाई जेठ ८ गते विविध सांस्कृतिक कार्यक्रमकाबीच पुरस्कार प्रदान गरिने छ । खेलको जिल्ला खेलकुद विकास समितिका कोषध्यक्ष विकास केसीले बिहिबार उद्घाटन गरेका थिए ।

SHARE

COMMENTS

यसमा तपाइको मत