जिल्ला स्तरीय महिला भलिवलको उपाधि सनलाईट युवा क्लवले जित्यो

295
जिल्ला स्तरीय महिला भलिवलको उपाधि सनलाईट युवा क्लवले जित्यो

 सरस्वती सुवेदी, 

अग्यौली पुस्ताकालय र सनलाईट यूवा क्लवको आयोजनामा सञ्चालन भएको जिल्ला स्तरिय महिला भलिवल प्रतियोगीताको उपाधि सनलाईट यूवाले हात पारेको छ । आईतबार विहान भएको फाईल खेलमा फुलवारी सामुदायीक पुस्ताकालयलाई ३÷२ को सोटमा पराजित गर्दै आयोजकले उपाधि कब्जा गरेको हो । 
 
३ दिन सम्म कावासोतीको डण्डामा भएको प्रतियोगितामा जिल्लाका १५ समूह सहभागी बनेको अग्यौली पुस्तकालयका अध्यक्ष सूर्य पाण्डेले जानकारी दिए । प्रतियोगीतामा प्रथम हुनेलाई २० हजार, द्धितिय हुनेलाइ १५ हजार, तृतिय हुनेलाई १० हजार र सान्तवना पुरस्कार ५ हजार रहेको थियो । विजेताहरुलाई कावासोती नगरपालिकाका कार्यकारी प्रमु्ख हरिलाल पुरीले पुरस्कार वितरण गरेका थिए । 

SHARE

COMMENTS

यसमा तपाइको मत