३५ औँ अन्तराष्ट्रिय हात्तीपोलो सुरु

379
३५ औँ अन्तराष्ट्रिय हात्तीपोलो सुरु

 नवलपरासी, २०७३ मंसिर १३ 

३५ औँ अन्तराष्ट्रिय हात्तिपोलो प्रतियोगिताको सोमबारदेखि सुरु भएको छ । नवलपरासीको अमलटारीमा रहेको गुन्द्रही ढकाह मध्यवर्ती सामुदायीक वनको खेल मैदानमा प्रतियोगिता शुरु भएको हो । पहिलो दिन ४ वटा खेलहरु भएको टाईगर टप्स जिम एण्ड वल्सले जानकारी दिएको छ । 
 
प्रतियोगितामा भाग लिन विभिन्न देशका ८ समूहरुले नाम दर्ता गराएका छन् । प्रतियोगितामा टाईगर टप्स टक्सर नेपाल, रिटी खुकुरीज् यूके, लाल ओचा लज श्रीलंका, सीआईएच एसटी पल्स ग्रीफिन्स युएसए, हिमालयन टाईगर फाउण्डेशन नेदरल्याण्ड, ईलेफेन्ट पोलो गियर, आयर ईलेफेन्स अष्ट्रेलिया, हिमालय बैँक नेपाल सहभागी बनेका छन् 
 
१७ गते सम्म संचालन हुने प्रतियोगितामा दैनिक रुपमा विहान र दिउसो खेलहरु संचालन हुने छन् । खेलमा सहभागी हुन सय भन्दा बढी खेलाडी तथा विदेशी पाहुनाहरु नवलपरासी आएका छन् ।
 
खेल मार्फत पर्यटन प्रबद्धन गर्न निकै उत्कृष्ट मानिने हात्तिपालो नेपालमा १९८२ मा संचालनमा आएको थियो । खेल खेल्दै रमाईलो गर्ने यो खेलमा हात्ति माथी चढेर लाठीको सहयोगमा बललाई गोल पोष्टमा पु¥याउने गरिन्छ । 

SHARE

COMMENTS

यसमा तपाइको मत