कावासोती नगरपालिका स्तरीय खेलकुद विकास समिति गठन

1396
कावासोती नगरपालिका स्तरीय खेलकुद विकास समिति गठन

 धनु भुसाल, २०७३ मंसिर १४  

कावासोती नगरपालिका स्तरीय खेलकुद विकास समिति गठन गरिएको छ । कावासोती नगरपालिकाको सभाहलमा भएको भेलाले इन्द्र सिग्देलको अध्यक्षतामा नगर समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा भवि भट्टराई, सचिव राजेश सोनाम, कोषध्यक्षमा गोपाल श्रीपाली रहेका छन् ।
 
त्यस्तै सदस्यहरुमा सरोज महत्तो, दिपक शर्मा, नरेश के.सी. तारानाथ अधिकारी, टेक बहादुर पुन, शुशिल पौडेल, दिनेश ठाडा, सागर गैरे, पुष्पा गुरौ, र कला महत्तो रहेका छन् ।
 
कावासोती नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्ला खेलकुद विकास संघका उपाध्यक्ष आनन्द श्रेष्ठ, कोषाध्यक्ष विकास केसी, शेतमान पुन लगाएतको उपस्थिती रहेको थियो । समतिले समग्र नगरको खेलको विकाससँगै खेलको बजेटको समानुपातिक वितरणमा पहल गर्ने नव निर्वाचित अध्यक्ष सिग्देलले बताए । 

SHARE

COMMENTS

यसमा तपाइको मत