अन्तराष्ट्रिय हात्तीपोलोको उपाधि नेपालको टाईगर टप्स टस्कर्सले जित्यो

752
अन्तराष्ट्रिय हात्तीपोलोको उपाधि नेपालको टाईगर टप्स टस्कर्सले जित्यो

 नवलपरासी, २०७३ मंसीर १७ 

३५ औँ अन्र्तराष्ट्रिय हात्तीपोलो प्रतियोगीताको उपाधि नेपालले जितेको छ । नवलपरासीको अमलटारीमा शुक्रबार सम्पन्न फाईनल प्रतियोगीतामा आईसल्याण्डको  एलिफेन्ट्स पोलो गियरलाई ५ का विरुद्ध ८ गोल गर्दै नेपालको टाईगर टप्स टस्कर्सले उपाधि हात पारेको हो ।
 
नेपालको टाईगर टस्र्प टस्कर्सले अग्रिम ३ गोलको अंक आईसल्याण्ड लाई दिएपनी नेपालको टाईगर टप्सले उपाधि कब्जा गर्न सफल भयो । प्रतियोगितामा गालवया लज श्रीलंकाले तेस्रो स्थान हासील गर्यो । उसले पल ग्रिफिन्स अमेरीकालाई ४ का विरुद्ध ६ गोल गरेको थियो । 
 
यस वर्ष प्रतियोगितामा ७ ओटा देशका ८ समूहले सहभागिता जनाएका थिए । रस्ट्री खुकुरीज युके, गालवया लज श्रीलंका, सिआईएच एसटी पल अमेरीका, हिमालयन टाईगर फाण्डेसन नेदरल्याण्ड, एलिफेन्ट पोलो गियर आईसल्याण्ड, आयर एलिफेन्ट्स अस्ट्रेलिया, हिमालयन बैकं नेपाल सहभागी भएको आयोजक टाईगर टप्स थारु भिलेज रिसोर्टका प्रबन्धक डिवि चौधरीले जानकारी दिए । खेल गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक बन अमलटारीको खेल मैदानमा सञ्चालन भएको हो । 

SHARE

COMMENTS

यसमा तपाइको मत