८० हजार पुरस्कार राशीको प्रतिभा कप फुटबल शुरु

नवज्योति युवा क्लवको विजयी सुरुवात

3503
८० हजार पुरस्कार राशीको प्रतिभा कप फुटबल शुरु

 अर्जुन सापकोटा, २०७३ मंसिर २० 
नवलपरासीको कावासोती बिष्णुनगरमा सोमबारदेखि प्रतिभा कप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतिभा युवा क्लवको खेल मैदानमा आयोजित खेलको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार आलले उद्घाटन गरेका हुन् ।
 
खेलको समुद्घाटन गर्दै आफू निरन्तररुपमा नवलपरासी जिल्लाको समग्र खेलको विकासको लागि खटिएकार र जिल्लाको अहिलेको अवस्था सन्तोषजन रहेको बताए । क्लवका अध्यक्ष खेमराज काफ्लेको अध्यक्षता रहेको उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलहरु प्रतिनिधि, समाजसेबी बुद्धिजिवी, खेलप्रमी तथा, छिमेकी क्लवमा आबद्ध युवाहरुको उपस्थिती रहेको थियो । 
 
नवज्योति युवा क्लवको विजयी सुरुवात
प्रतिभा फुटवल कपमा नवज्योति युवा क्लव हसौराले विजयी सुरुवात गरेको छ । मातृभूति युवा क्लवलाई ट्राईब्रेकरमा ४ का विरुद्ध ५ गोलले हसौरा विजयी बनेको हो । निर्धारित समय भित्र कुनैपनि गोल नभएपछि खेल ट्राईबे्रकरमा धकेलिएको थियो ।
 
२३ समूह आधिकारीक रुपमा दर्ता भएको र अन्य केहि समूह समेत सहभागी बन्ने सम्भावना रहेको आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको विजेताले नगद ८० हजार र उपविजेताले ४५ हजार रुपैयाँ प्राप्त गर्नेछ । मंगलबार नवविहानी क्लव हात्तिखोर, ज्योति युवा क्लव अठाई बिगाहबीच हुनेछ । प्रतिभा युवा क्लव २०४७ सालमा स्थापना भएको जिल्लाको पूरानो क्लव हो ।

SHARE

COMMENTS

यसमा तपाइको मत