प्रतिभा कप फुटवलमा अमरापुरीको विजयी सुरुवात

1077
प्रतिभा कप फुटवलमा अमरापुरीको विजयी सुरुवात

 नवलपरासी, २०७३ मंसिर २२ 

नवलपरासीको कावासोती ६ बिष्णुनगरमा जारी प्रतिभा कप फुटवल प्रतियोगिता अन्र्तगतको खेलमा अमारापुरी विजयी भएको छ । प्रतिभा युवा क्लव कावासोतीको आयोजनामा जारी खेलमा बुधबार भएको खेलमा कुमार स्मृति गु्रप कावासोतीलाई १ का विरुद्ध २ गोल गर्दै अमरापुरी विजयी भएको छ । 

 
अमरापुरीको लागि अन्जन गुरुङ्ग र आदित्य बाचे मगरले १÷१ गोल गरे ।े खेलमा अमारापुरीका उमेश बर्तौला म्यान आफ द म्यान भएका छन् । प्रतियोगिता अन्र्तगत बिहिबार कुलेनी युवा क्लव रजहर र चोरमारा युवा क्लव चोरमारा विच खेल हुने खेल संयोजक पदम आलले जानकारी दिनु भयो । प्रतियोगिताको बिजेता टोलीले रु ८० हजार र उप बिजेता रु ४५ हजार सहित प्रमाणपत्र मेडल र ट्रफि प्राप्त गर्नेछन् । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत