पतवरीलाई हराउदै मध्यबिन्दुले खुल्ला भलिवलको उपाधि जित्यो

1513
पतवरीलाई हराउदै मध्यबिन्दुले खुल्ला भलिवलको उपाधि जित्यो

नेपाल मगर युवा संघ कावासोती नगर कमिटीले आयोजनामा गरेको खुल्ला भलिवल प्रतियोगिताको उपाधि मध्यबिन्दु भलिवल टेनिङ्ग सेन्टरले हात पारेको छ । शनिबार थाना चोकको खुल्ला मैदानमा भएको फाईनल खेलमा पतवरी बिलाई ३/१ को सेटमा पराजित गर्दै बिजेता बनेको हो ।  बिजेता मध्यबिन्दुले ३० हजार रुपैयाँ प्राप्त गर्यो भने उपबिजेता हुँर्दै पतवरीले २० हजारमा चित्त बुझायो । यस्तै तेस्रो बनेको सुँनगाभा युवा क्लबले १० हजार रुपैयां प्राप्त गर्यो ।
 
मगर समुदायको पर्व चण्डि पूर्णिमाको अवसरमा नेपाल मगर युवा संघ कावासोती नगर कमिटीले आयोजना गरेको प्रतियोगितामा नवलपुर क्षेत्रका २० समूह सहभागि बनेका छन् । यस्तै शनिबार बिबिध सास्कृतिक कार्यक्रम सहित कार्यक्रम समापन गरिएको छ । कार्यक्रममा लोक तथा दोहारी गायक गायिका राजु गुरुड्ड, राजेन्द्र कंडेल, जानकी तारमी मगर, लागएतका कलाकारहरुले साँगितिक प्रस्तुती देखाएका थिए । त्यस्तै कार्यक्रममा मगर समुदायको सस्कृति झल्कने नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । 

SHARE

COMMENTS

यसमा तपाइको मत