अभिषेक चर्च रजहरले राष्ट्रिय सिजीकपको उपाधि चुम्यो

सुँनटाडी युवा क्लब दुम्किबासले आयोजना गरेको प्रतियोगितामा बिजेत बनेको रहजरले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो भने उपबिजेता आयोजकले ५१ हजारमा चित्त बुझायो ।

अभिषेक चर्च रजहरले राष्ट्रिय सिजीकपको उपाधि चुम्यो

 
राष्ट्रिय सिजिकप फुटवल प्रतियोगिताको उपाधि अभिषेक चर्च रजहरले कब्जा गरेको छ । आईतबार सिजि सिमेन्ट पछाडीको खेल मैदानमा भएको फाईनल खेलमा आयोजक दुम्किबासलाई २/१ गोल अन्तरले पराजित गदै रजहर बिजयी बनेको हो ।  सुँनटाडी युवा क्लब दुम्किबासले आयोजना गरेको प्रतियोगितामा बिजेत बनेको रहजरले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो भने उपबिजेता आयोजकले ५१ हजारमा चित्त बुझायो ।
 
प्रतियोगितामा बिजयी हुने समूहलाई एन्फाका केन्द्रिय सदस्य प्रकाश पंगेनीले पुरस्कार बितरण गर्नुभयो । प्रतियोगितामा नवलपरासी, रुपन्देही र चितवनका  १६ जटा समूह सहभागि बनेका थिए । खेल क्ष्ँेत्रको बिकास गर्ने मुख्य उदेश्य बैशाख २५ गतेदेखि प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष रमेश गौतमले जानकारी दिए ।
 
पुरस्कार बितरण कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष कुमार आले, सिजि सिमेन्टका प्रमुख दामोदर पौडेल लगाएत बिभिन्न क्षेत्रका ब्याक्तिहरुको सहभागिता रहेको थियो ।  प्रतियोगिताको मध्ये नेपालको पहिलो टेलिभिजन देबचुली टेलिभिजन अफिसियल मिडिया रहेको थियो । 

SHARE

COMMENTS

यसमा तपाइको मत