दलिय सहमति विना घोषणा गरेको निर्वाचन कार्यान्यवन हुंदैन–कांग्रेस नेता कोईराला

421
दलिय सहमति विना घोषणा गरेको निर्वाचन कार्यान्यवन हुंदैन–कांग्रेस नेता कोईराला
by dinesh chandra thapaliya

 
शान्ती न्यौपाने
गैंडाकोट, ७ फाल्गुन 
नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले चार राजनैतिक शक्तिहरू काँग्रेस, एमाले, माओबादी केन्द्र र मधेसी मोर्चाका बिचमा सहमती नभई निर्वाचनको मिती घोषणा गर्न नहुने बताउनुभएको छ । हतारमा मिती मात्रै तोकेर निर्वाचन हून नसके मूलूक बिखण्डन तिर जाने खतरा रहेको उहांको भनाई छ ।
६७औं प्रजातन्त्र दिवसको अवसरमा नेपाली काँग्रेस नवलपरासी क्षेत्र नं १द्वारा आयोजित नेपाली काँग्रेस र प्रजातन्त्र बिषयक कार्यक्रमलाई संबोधन गर्दै नेता कोइरालाले एमाले र मधेसी मोर्चाले पनी आफ्नो हठ त्याग्नूपर्ने बताउँनूभयो । उहाँले धर्म र राजनिती एउटै बाटोबाट हिंड्न नसक्ने बताउँनूभयो । धर्म र राजनितीलाई सँगै हिंडाउँन खोजिए त्यो मूलूककै निम्ती दूर्भाग्य हूने नेता कोईरालाले बताउनुभयो ।  
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्यहरू आनन्दप्रसाद ढूंगाना, देवेन्द्रराज कँडेल, पूर्व केन्द्रिय सदस्य कृष्णचन्द्र नेपाली, काँग्रेस नवलपरासी सभापती बिष्णु लामिछाने, पूर्व सांसद महेन्द्रध्वज जिसी लगायतले मुलुकको राजनीतिक निकासका लागि प्रजातन्त्रको संस्थागत विकास आवश्यक रहेको बताउनुभयो । 

SHARE

COMMENTS

यसमा तपाइको मत