वेल्डिङ्ग ग्यांस पड्किंदा २ मजदुर घाईते

177
वेल्डिङ्ग ग्यांस पड्किंदा २ मजदुर घाईते

सनत अन्जाम,
कावासोती,  ७ फाल्गुन 
 
कावासोती ईन्द्रचोकमा रहेको रितु मोटर पार्टस ग्यारेजमा वल्डिङ्ग ग्यांस पड्किंदा दुई जना घाईते भएका छन् । कावासोती प्रहरीका अनुसार ग्यारेजमा कार्यरत विरगंज सिटवारका २२ वर्षीय लुराम अन्सारी र भारत रक्सौलका २४ वर्षीय साईफन अन्सारी घाईते भएको कावासोती प्रहरीले जनाएको छ । चितवन मेडिकल कलेजमा उपचाररत घाईते लुरामको कानको जाली फुटेको र खुट्टा जलेको छ  । साईफनको भने खुट्टामा मात्रै सामान्य चोट लागेको छ । वल्डिङ्ग ग्यांसको निकास बन्द भएर पडकिएको हुन सक्ने प्रत्यक्ष दर्शीको भनाई छ । ग्यांसको माथिल्लो भाग र फलामका टुक्राहरु करिव ५ सय मिटर सम्म टाढा पुगेका छन् ।  घट्ना निक्कै डर लाग्दो देखिन्थ्यो ।  

 

SHARE

COMMENTS

यसमा तपाइको मत