खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी आयोजक नवलपुर युवा क्लबलाई

200
खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी आयोजक नवलपुर युवा क्लबलाई

नवलपुर युवा क्लब कावासोतीको आयोजनामा कावासोतीमा भएको  खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी आयोजक नवलपुर युवा क्लबले  हात पारेको छ । आईतबार  भएको फाईनल प्रतिस्पर्धामा मध्यविन्दु भलिबल टे«नि¨ सेन्टर ए लाई ३÷२ को सेटमा पराजित गर्दै आयोजकले उपाधि कब्जा गरेको हो ।
बिजेता हुदै नवलपुरले १ लाख रुपैया सहति ट्रफि र मेडल प्राप्त गरेको छ भने उपबिजेतामा चित्त बुझाउन बाध्य मध्यविन्दु ए ले नगद ५० हजार प्राप्त गरेको छ । यस्तै प्रतियोगितामा मध्यविन्दु भलिवल टे«नि¨ सेन्टर बि तेश्रो हुदै २५ हजार रुपैया प्राप्त गरेको छ भने , चौथो हुने आमडाडा युवा क्लबले १० हजार रुपैया प्राप्त गरेको छ । 
प्रतियोगिताको  उत्कृष्ट खेलाडिमा नवलपुर युवा क्लबका  मान बहादुर श्रेष्ठ हुनभयो भने, उत्कृष्ट स्टाईकरमा मध्यविन्दु ए का  घनश्याम चौधरी, उत्कृष्ट ब्लकरा नवलपुर का राजीव भट्ट र उत्कष्ट लिफ्टरमा नवलपुरका खुसीराम थापा हुनु भयो । उत्कृष्ट खेलाडीहरुलाई नगद द्धारा सम्मान गरीएको  खेल संयोजक राजकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
यसै बिच प्रतियोगिताको आज एक कार्यक्रमका बिच समापन गरीएको छ । समापन कार्यक्रम क्लबका अध्यक्ष बलबहादुर गुरु¨को अध्यक्षता तथा कावासोती नगरपालिकाका अधिकृत हरीलाल पुरीको प्रमुख आतित्थ्यतामा भएको थियो । यस्तै भलिबल प्रतियोगिताको  आगामि संस्करण २०७४ पुष २७ गतेबाट गरीने आयोजकले जनाएको छ । आगामि संस्करणमा सात प्रदेश बाट प्रदेश स्तरीय ७ टिम, विभागिय ३ टिम र आयोजक १ गरी ११ टिमलाई सहभागि गराई अझ स्तरीय रुपमा प्रतियोगिता संचालन गरीने क्लबका अध्यक्ष बलबहादुर गुरु¨ले बताउनु भयो ।
 

 

SHARE

COMMENTS

यसमा तपाइको मत