नेपालले मलेसियालाई ८ विकेटले हरायो

नेपालले मलेसियालाई ८ विकेटले हरायो

एसीसी यु–१९ एसिया कप क्रिकेटमा आयोजक मलेसियालाई नेपालले ८ विकेटले हराएको छ। ४५ रनको सामन्य लक्ष्य पछ्याएको नेपालले ५.३ ओभरमा २ विकेट गुमाएर विजयी भयो।

मलेसियाले प्रस्तुत गरेको ४६ रनको चुनौती नेपालले ५ दशमलब ३ ओभरमा २ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा दिपेन्द्र सिंह ऐरीले १२, आसिफ सेखले ४ रनको योगदान गरे । ओपनर अनिल कुमार शाह २६ र भीम सार्कि ३ रनमा अविजित रहे ।

यसअघि क्वालालाम्पुरस्थित बायोमास क्रिकेट मैदानमा टस जितेको नेपालले बलिङ रोजेपछि ब्याटिङ थालेको मलेसिया १५ दशमलब ३ ओभरमा ४५ रनमा समेटिएको थियो । बर्षाले प्रभावित २४ ओभरमा छोट्याईएको खेलमा लेग स्पिनर सन्दिप लामिछानेले उत्कृष्ट प्रर्दशन गर्दै ५ विकेट चट्काएपछि मलेसिया झिनो स्कोरमा समेटिएको थियो । दिपेन्द्र सिंह ऐरी र सहाब आलमले समान २–२ तथा अनिल कुमार शाहले १ विकेट हात पारे ।

SHARE

COMMENTS

यसमा तपाइको मत