देबचुली मा.वि.ले ४६ औ बार्षिकउत्सवको अवसरमा बृहत बिज्ञान प्रदर्शनी गर्ने

देबचुली मा.वि.ले ४६ औ बार्षिकउत्सवको अवसरमा बृहत बिज्ञान प्रदर्शनी गर्ने

 देबचुली माध्यमिक बिद्यालयले आफ्नो ४६ औ बार्षिक उत्सव लक्षित बिभिन्न कार्यक्रमहरु गरेको छ । पुस ८ गते हुने बार्षिक उत्सवको तयारीमा बिद्यालय जुटिरहेकोे छ । पुस ६ गते हुने बृहत बिज्ञान प्रदर्शनी एवं प्रतियोगिता प्रमुख आकर्षण भएको बिद्यालययले जनाएको छ ।

सोमवार पत्रकार सम्मेलन मार्फत देबचुली बिज्ञान इन्जिनियरिङ तथा गणित क्लव डिकोसेनका सचिव रुपेश बानियाले बिद्यार्थीकै सक्रियतामा सञ्चालन गर्न लागिएको प्रदर्शनीले बिज्ञान र प्राविधिक धारमा देबचुली माबिलाई अगाडी वढाउन सक्ने वताउनुभयो ।

त्यस्तै बिज्ञान प्रदर्शनीका शिक्षक संयोजक सुनिल बन्जराले बिद्यार्थीमा रहेका अन्तरनिहित प्रतिभाको प्रस्फुटन गर्न प्रदर्शनीले उत्प्रेरक भूमिका खेल्नेमा बिश्वास ब्यक्त गर्नुभयो । 
 
यसैगरी कार्यक्रमका बारेमा प्रष्ट्याउँदै बिज्ञान तथा प्राविधिक बिभागका संयोजक मोहन भण्डारीले बिद्यार्थीले आफ्नो मन मस्तिष्कलाई सृजनशीलता र बैज्ञानिक चेतनामा लागोस् भन्ने उदेश्यका साथ प्रतियोगिता गर्न लागिएको बताउनुभयो । अन्तर माध्यमिक नवलपुर जिल्ला स्तरीय बिज्ञान प्रदर्शनी एवं प्रतियोगितामा जिल्ला बाहिरका बिद्यार्थीहरु समेतले भाग लिन उत्सुकता राखेकाले बिज्ञानका खोजलाई समाबेश गर्ने ब्यवस्था मिलाइने बताउनुभयो । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत