जिल्ला स्तरिय बिज्ञान प्रदर्शनी सम्पन्न

513
जिल्ला स्तरिय बिज्ञान प्रदर्शनी सम्पन्न

देबचुली माध्यमिक बिद्यालयमा भएको नवलपुर स्तरिय बिज्ञान प्रतियोगिता एंव प्रदर्शनीमा जिल्लाका ६ बिद्यालयले सहभागिता जनाएका छन् ।

बिद्यालयको ४६ औ बार्षिक उत्सवको पुर्व सन्ध्यामा आयोजित प्रतियोगिता एंव प्रदर्शनीको देवचुली नगरपालिकाका उप प्रमुख पर्वता तिवारीले उद्घाटन गर्नुभयो । देवचुली विज्ञान ईन्जिनियरिङ तथा गणित क्लबका अध्यक्ष सुलभ चाँपाइको सभापतित्वमा भएको कार्यक्रममा जिल्लाका ६ वटा बिद्यालयको सहभागिता रहेको प्रतियोगिता एंव प्रदर्शनीका संयोजक सुनिल बञ्जराले जानकारी दिनुभयो ।

जिल्लाका देवचुली मावी, शिव मावी, जन ज्योती मावी, जनक मावी, अक्सफोर्ड कलेज र मध्यविन्दु क्याम्पसका बिद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताको नतिजा बिद्यालयको वाषर््िकोत्सवको दिन पुस ८ गते सार्वजनिक गरिने बिद्यालयले जनाएको छ ।

देबचुली बिज्ञान इन्जिनियरिङ तथा गणित क्लव डिकोसेनका सचिव रुपेश बानियाले बिद्यार्थीकै सक्रियतामा सञ्चालन गरिएको प्रदर्शनीले बिज्ञान र प्राविधिक धारमा देबचुली माबिलाई अगाडी वढाउने विश्वास व्यक्त गर्नुभयो ।

बिज्ञान तथा प्राविधिक बिभागका संयोजक मोहन भण्डारीले बिद्यार्थीले आफ्नो मन मस्तिष्कलाई सृजनशीलता र बैज्ञानिक चेतनामा अभिप्रेरित गर्ने उदेश्यले प्रतियोगिता गरिएको बताउनुभयो । 

SHARE

COMMENTS

यसमा तपाइको मत