त्रिभुवनटार सहकारीले मिनि मार्केट र चिस्यान केन्द्र सञ्चालन गर्ने (फोटो फिचर)

397
त्रिभुवनटार सहकारीले मिनि मार्केट र चिस्यान केन्द्र सञ्चालन गर्ने  (फोटो फिचर)

नवलपुरको जेठो सहकारी त्रिभुवनटार बहुमुखी सहकारी संस्था लिमिटेडको २० औं साधारणसभा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष चेतनाथ पोख्रेलले सहकारी नवलपुर जिल्लाकै जेठो सहकारी भएको र आगामि दिनमा अन्य ठुला सहकारीले दिएको सबै सुविधा दिने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तिलक महतले सरकार सहकारी र निजी क्षेत्रको आधार नै देशको समृद्धि को आधार रहेको  बताउनु भयो ।

त्यस्तै प्रदेश सभा सदस्य विष्णुप्रसाद लामिछानेले सहकार्य बाटै सहकारीको सुरूवात भएको बताउदै आफुले आफ्नो हरेक काममा सहकारी सँगै सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै सहकारी अभियनन्ता एवं देवचुली टेलिभिजनका प्रबन्धक निर्देशक के बी रानाले सहकारीले बचत र ऋण दिने मात्र नभएर सदस्य स्वरोजगार अभियान लाई जोड दिन आग्रह गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष चेतनाथ पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा कावासोती १६ का वडा अध्यक्ष एकादत्त वस्ती ,युवा तथा साना व्यवसायी स्वरोजगार कोषका सचिव प्रितम भुजेल , मध्यविन्दु सामुदायिक अस्पतालमा अध्यक्ष महेन्द्र प्रख्रोल , अग्यौली खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष शोभियत शर्मा लगायतले बोल्दै सहकारीले समृद्ध समाज निर्माणमा महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।

 

SHARE

COMMENTS

यसमा तपाइको मत