विविध कार्यक्रम गर्दै कालीका माविको बार्षिक उत्सव सम्पन्न

293
विविध कार्यक्रम गर्दै कालीका माविको बार्षिक उत्सव सम्पन्न

कालीका माध्यामिक बिधालय देबचुली ९ बिशालटारकोे ३३ औ वार्षिक उत्सव तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ ।

विधालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुविर रानाको अध्यक्षतामा सम्पन्न बार्षीक उत्सबको प्रमुख अथिती नगर प्रमुख पुर्णकुमार श्रेष्ठ रहनु भएको कार्यक्रमको  बिशिष्ठ अथिती नगर उपप्रमुख पार्बता तिवारी ,रहनुभएको थीयो ।

२०४१ सालमा स्थापना भएको कालीका माबीले धेरै बिधार्थीलाइ शिक्षको ज्वती प्रदान गदै र बिधार्थीलाइ अगाडि बढ्ने हौसला प्रदान गररिहेको छ । हाल बिधालयमा ४५० बिधार्थीले शिक्षा आर्जन गरीरहेका छन् । बिधालयमा नर्सरी देखि कक्षा १० सम्म पठन पाठन संन्चालनमा छ ।

बिधालयको शिक्षाको स्तर माथी उकास्न र बिधालयको स्तर उन्नतीका लागि बिभिन्न धन धान्यान्चल माहायज्ञको आयोजना साथै बिभिन्न समयमा बिभिन्न आर्थीक आम्दानीका कार्य समेत बिधालयले  गर्दै आइएको सो अवसरमा जानकारी गराइयो  । साथ साथै आगामि दिनमा शैक्षीक सत्र २०७५ मा कक्षा ११ संन्चालन गर्ने अनुमती प्राप्त गरी कक्षा संन्चालन गर्ने लक्ष्य लिइएको बार्षीक उत्सबको अबसरमा जानकारी गराइएको छ ।

बिधालयले बार्षीक उत्सबको पुर्ब सन्ध्यामा २ दिने स्वास्थ्य शिबीर पनी संचालन गरेको थीयो ।  कार्यक्रममा अतिरिक्त क्रियाकलापहरु बक्तृत्वकला प्रतीयोगिता , भलीबल प्रतीयोगिता, अभिभाबक हरुका बिच म्युजीकल चियर ,घैटो फुटाइ प्रतीयोगिता  मा विजयि विधार्थिहरुलाई र अभिभाबकहरुलाइ पुरस्कार वितरण गरिएको थियो ।

विधालयका सहायक प्रध्यानध्यापक डिल प्रसाद भुषालले स्वागत गर्नु भएको कार्यक्रम मा विधालयका प्र अ रेसम कोइरालाले आर्थीक प्रतीबेदन प्रस्तुत  गर्नुभएको थीयो ।भने  कार्यक्रम को सहजिकरन विधालयका शिक्षक बालकृष्ण अधिकारीले गर्नु भएको थियो ।

SHARE

COMMENTS

यसमा तपाइको मत