वृद्धाश्रममा फलफुल, लत्ता कपडा वितरण गरि सामाथ्र्य एफ एमको वार्षिकोत्सव

285
वृद्धाश्रममा फलफुल, लत्ता कपडा वितरण गरि सामाथ्र्य एफ एमको वार्षिकोत्सव

कावासोतीमा रहेको रेडियो सामथ्र्यको छैठौँ वर्ष पुरा गरी सातौं वर्षमा प्रवेश गरेको  अवसरमा कावासोती १२ पिठौलीमा रहेको लक्ष्मी नारायण वृद्धाश्रममा फलफुल, लत्ता कपडा तथा खाद्यान्न वितरण गरेको छ ।
 
खाद्य सामग्री वितरण कार्यक्रममा रेडियोका प्रवन्ध निर्देशक तथा संस्थापक सदस्य सागर पाख्रेलको अध्यक्षता तथा जिल्ला समन्वय अधिकारी वर्दघाट सुस्ता पुर्वका विजयराज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाइ सम्वोधन गर्दै प्रमुख अतिथि पौडेलले रेडियोको छैठौ बसन्त पार गरी सातौ बर्ष प्रवेश गरेको अवसरमा वृद्धाश्रममा फलफुल, लत्ता कपडा वितरण प्रशंसनीय कार्य भएको  वताउनु भयो ।    
 
त्यस्तै कार्यक्रममा उधोग वाणिज्य संघ नवलपुरका निर्वतमान अध्यक्ष ओम प्रकाश पौडेलले अनाथालयमा आएर सामाजिक कार्य गर्नु उदाहरणीय कार्य भएको वताउनु भयो । त्यसैगरि कार्यक्रममा लक्ष्मी नारायण आश्रमका सचिव एवं साहित्यकार दिपक सोतिले आश्रम लाइ निरन्तरता दिनका लागि निकै चुनौती रहेकाले सवैको सहयोग र साथ आवश्यक रहेको वताउनुभयो । विगतका केहि महिनादेखि यस लक्ष्मी नारायण आश्रममा सहयोगी हातहरु फैलिएको हुदा यसरी नै निरन्तर रुपमा सहयोग गर्न सवैमा आग्रह समेत गर्नु भएको छ ।  आश्रममा हाल ७ जना वालवालिका हरु समेत रहदै आएको उहाले जानकारी दिनु भयो ।  
सातौ बर्ष प्रवेश गरेको सु अवसरमा रेडियोका प्रवन्ध निर्देशक तथा संस्थापक सदस्य पोख्रेलले रेडियोलाई यस उचाई सम्म पु¥याउन सहयोग गर्नु हुने विज्ञापनदाता, श्रोता, कर्मचारी, समाजीक व्यक्तित्व, संध संस्था सम्पुर्णमा आभर प्रकट गर्दै आगामी दिनमा रेडियोको संस्थागत विकासका लागी रचनात्मक सहयोगको अपेक्षा समेत गरेको बताउनु भएको छ । साथै रेडियोका प्रवन्ध निर्देशक पोख्रेलले रेडियोले आगामी दिनमा श्रोताहरुको रुचि अनुसारको थप कार्यक्रम हरु संचालन गर्ने प्रतिवद्दता समेत व्यक्त गर्नु भएको छ । कार्यक्रममा वृद्धाश्रममा रहेका व्यतित्व लगाएत रेडियोका कर्मचारीको उपस्थिति रहेको थियो।  यसैविच रेडियोले विगतका वर्षहरुमा विभिन्न सास्कृतिक कार्यक्रम गर्दै आइरहेको तर यसपटक  रेडियोका अध्यक्ष भरत शर्मा पोख्रेललाई पृति शोक परेका कारण स्थापना दिवसमा विविध सांस्कृतीक कार्यक्रम नगरिएको वताउनु भयो ।

 
 

SHARE

COMMENTS

यसमा तपाइको मत