विमल पुगे बहिनीको हत्यारालाई कारबाहीको माग गदै प्रशासनमा नारा लगाउदै

मगर समुदायले नारावाजी र ज्ञापन पत्र बुझाए

विमल पुगे बहिनीको हत्यारालाई कारबाहीको माग गदै प्रशासनमा नारा लगाउदै

राष्ट्रिय फुटवल टोलीका चर्चित खेलाडी बिलम घर्ती मगर कि बहिनीको हत्यामा संलग्नलाई कानुनी कारवाही गर्न ढिलाई भएको भन्र्दै पीडितका आफ्न्त र मगर समुदायले नाराबाजी गरेका छन् । नेपाल मगर संघ नवलपरासीको अगुवाईमा आईतबार दिउसो जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयको गेटमा १ घण्टा सम्म धर्ना दिएका हुन । 
दोषीलाई उन्मुक्ती दिन पाईदैन, पीडितलाई क्षतीपूर्तिको व्यवस्था गर, हत्यारालाई फा“सी दे, महिला हिंसा अन्त्य गर जस्ता नारा लगाएका थिए । विमल घर्ती सहित जिल्लाका बिभिन्न स्थानबाट परासी आएका मगर समुदायले प्रमुख जिल्ला अधिकारीलाई समेत ज्ञापन पत्र बुझाएका छन् ।ज्ञान पत्र बुझा“उदै नेपाल मगर संघका जिल्ला सचिव ईन्द्र फाल मगरले यसरी नै आलटाल गरि रहे कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।
 
संघका अध्यक्ष लुम बहादुर खम्चा मगरले भने “यस घटनामा १ जना मात्र नभई अन्य व्याक्तिहरुको समेत संलग्नता रहेको र उनीहरुलाई राजनीतिक संरक्षणको आधारमा उन्मुक्ती दिने प्रयास भईरहेको छ ।”  नाराबाजी सहित प्रशासन पुगेका बिमलले राज्यले आफ्नो परिवारको पीडामा साथ दिन नसकेको दुखेसो गरे । हत्याका धेरै प्रमाणहरु हुदा पनि दोषी माथि कारवाही गर्न आलटाल गरिएको उनको भनाई छ ।
संघले ज्ञापन पत्र स“गै हत्यामा संलग्न प्रमाणहरु लिखित रुपमा ज्ञापन पत्र स“गै पेश गरिएको छ । जसमा शव झुण्डिएको अवस्थामा नरहेको, हत्यामा प्रयोग गरिएको चुन्नी नालामा फालिएको, घाटी बाहेक अन्य स्थानमा समेत चोटपटक भेटिएको लगाएतका १६ बु“दाहरु उल्लेख गरिएको छ । प्रमुख जिल्ला अधिकारी महादेव पन्थले दोषी माथि मुद्धा दायर भएको आफुलाई  प्रहरीले जानकारी गराएको भन्दै हत्याबारे निश्पक्ष छानविन हुने बताए ।
 
नवलपरासीको बर्दघाट नगरपालिका ८ भुताहामा जेठ १२ गते १७ बर्षिय मनिषा घर्ती मगरको आफ्नै घरमा संकास्पद अवस्थामा शब फेला गरेको थियो । प्रहरीले अहिले पनि मनिषाको हत्या वा आत्महत्या भन्ने बारे पूर्ण रुपमा पुष्टी गरेको छैन । अझै पनि अनुसन्धानकै घेरामा आरोपित आशिष चौधरी रहेको प्रहरीकोे भनाईछ । 

SHARE

COMMENTS

यसमा तपाइको मत