कोल्हुवामा ३ दिनदेखि केराबारीमा गैंडा, स्थानीय त्रसित

3904
कोल्हुवामा ३ दिनदेखि केराबारीमा गैंडा, स्थानीय त्रसित

अर्जुन सापकोटा, नवलपरासी साउन २ ।
 
नवलपरासीको कोल्हुवा १ मा शुक्रबारदेखि गैंडा केराबारीमा पसेपछि त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन् । विगत ३ दिनदेखि गंैडा केराबारीमा बस्ने र धपाउने प्रयास समेत विफल भएको स्थानीय रामबीर थारुले बताए । गैंडा केराबारीमा पसेपछि स्थानीयको समेत त्यहाँ दिनभर निकै ठूलो भिड लाग्ने गरेको छ ।
 
शनिबार गंैडालाई हात्तिको प्रयोगबाट निकुञ्ज तर्फ धपाउने प्रयास गरिएपनि एउटा मात्र हात्तिले धपाउन नसकेको नन्द भाउजु मध्यवर्र्ती उपभोक्ता समितिका अध्यक्ष दोमन भण्डारीले जानकारी दिए ।
 
भण्डारीले भने “केराबारी मासिने डरले गर्दा हात्ति ल्याउन सकेनौं, सोमबार सम्म पनि गैंडाले केराबारी छाडेन भने ३ वटा हात्ति मार्फ धपाउने प्रयास गछौं ।”
 
अहिले गैंडालाई नेपाली सेना, मध्यवर्तीका पदाधिकारी, र स्थानीयले निग्रानी गरिरहेका छन् । गैंडाको पछाडीको भागमा चोटपटक रहेकाले २ वटा गंैडाबीच लडाई भई भाग्दैं निकुञ्जबाट मध्यवर्ती पसेको हुन सक्ने अनुमान गरिएको छ । मध्वर्तीका स्थानीयहरु जंगली जनाबर र गैंडाको कारण ठूलो नोक्सानी व्यर्होन बाध्य रहेका छन् । 

SHARE

COMMENTS

यसमा तपाइको मत