चर्चित खेलाडी बिमलले कावासोतीमा ई–प्लानेट ईजुकेशन कन्सल्ट्यन्सी खोले

329
चर्चित खेलाडी बिमलले कावासोतीमा ई–प्लानेट ईजुकेशन कन्सल्ट्यन्सी खोले

नवलपरासीको कावासोतीमा सोमवार ई प्लानेट ईजुकेशन कन्सल्ट्यन्सीको  शाखा विस्तार गरिएको छ । अष्ट्रेलिया जाने विधार्थीहरुलाई सहज परामर्शका लागि ई–प्लानेट कन्सल्ट्यन्सीको स्थापना गरिएको शाखा कावासोतीका मेनेजिङ् डाईरेक्टर सुमन कुमार श्रेष्ठले बताउनुभयो ।
शाखा कार्यालय नेपाली खेल जगतका चर्चित खेलाडी एवंम ई प्लानेटका ब्रान्ड एम्बेस्डर बिमल घर्ति मगरले उदघाटन गर्नुभएको थियो ।
कार्यक्रममा मध्यविन्दु बहुमुखि क्याम्पस प्रमुख मुक्ति पाण्डे, प्यापसन केन्द्रिय सदस्य सिद्धार्थ आवासिय माविका  प्रिन्सिपल भोजराज दाहाल, महिला संघ जिल्ला सचिव सरस्वती तिमिल्सिना, कन्सल्टेन्सी सञ्चालकहरु, विद्यार्थीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा रमेशराज भट्टराई, उमा गिरी  लगायत कलाकारहरुको गीत प्रस्तुत गरेका थिए । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत