एमालेले कार्यकर्ता जगाउंदै

405
एमालेले कार्यकर्ता जगाउंदै

 बर्तमान सन्दर्भमा नेकपा एमालेको भुमिका बिषयक २–दिने, प्रशिक्षण नवलपरासीको देबचुली नगरपालिकामा सोमबारबाट सुरु भएकोे  छ । नेकपा एमाले नवलपरासी क्षेत्र नम्बर–१ द्वारा आयोजित प्रशिक्षणमा क्षेत्र नम्बर १, भित्रका पार्टीका पदाधिकारी, जनबर्गिय संगठनका पदाधिकारी लगायत अगुवा कार्यकर्ताको सहभागीता रहेको छ । 

पार्टीको केन्द्रिय कार्यक्रम अनुसार नै क्षेत्र नम्बर १ का अगुवा कार्यकर्ता केन्द्रित प्रशिक्षण आयोजना गरिएको नेकपा एमाले क्षेत्रिय अध्यक्ष होमनाथ जैसीले जानकारी दिनुभयो । राट्रिय एकता, समृद्धि र स्वाभिमान संबिधान कार्यान्वयनमा एमालेको अभियान भन्ने मुल नाराका सहित देशब्यापी रुपमै प्रशिक्षण संचालन भएको एमाले स्थाई कमिटी सदस्य तथा पार्टि स्कुल बिभागका उप–प्रमुख शंकर पोख्रेलले बताउनुभयो । बर्तमान सन्दर्भमा नेतृत्व अन्य दलले गरेपनि निती एमालेको सिद्धान्त बमोजिम अघिबढेको समेत प्रशिक्षक पोख्रेलले दाबी गर्नुभयो । कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य गणेश तिमिल्सेना, पार्टि स्कुल बिभागका सचिब ईश्वरी रिमाल, एमाले केन्द्रिय सदस्य तिलक महत, केन्द्रिय पार्टि स्कुल  बिभागका सदस्य बद्रि खनाल लगायतले प्रशिक्षण दिने जनाईएको छ ।

 

SHARE

COMMENTS

यसमा तपाइको मत