देउराली वडा स्तरिय लिग भलिबल प्रतियोगिता सुरु

294
देउराली  वडा स्तरिय लिग भलिबल प्रतियोगिता सुरु

 देउराली युवा तथा खेलकुद बिकास समितिको आयोजनामा सोमबारबाट वडा स्तरिय लिग भलिबल प्रतियोगिता सुरु भएको छ । गिरुवारीमा सञ्चालन भएको खेलमा ९ वटा समुहको सहभागीता रहेको छ । सोमबार   देउराली गाबिस सचिब छत्र बाहादुर अधिकारीले खेलको उद्घाटन गर्नुभएको हो । प्रतियोगितामा प्रथम हुनेले रु १५ हजार, द्धित्तिय हुनेले रु १० हजार र तृतिय हुनेले रु ५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । देउराली युवा तथा खेलकुद बिकास समिती ले माघ ५ गते देखि वाड स्तरिय फुट्बल प्रतियोगिता र यहि पुस २९ गते रक्त्दान आयोजना गरेको छ ।  

SHARE

COMMENTS

यसमा तपाइको मत