विद्यालयको गुणस्तर वृद्धि गर्न धनधान्याचल ज्ञान माहायज्ञ

238
विद्यालयको गुणस्तर वृद्धि गर्न धनधान्याचल ज्ञान माहायज्ञ

श्रीमद्देवीभागवत माहापुराण माहारुद्रि शतचण्डी तथा विराट् धन धान्याचल ज्ञान माहायज्ञको शुक्रबार उद्घाटन गरिएको छ । वटुक विधार्र्थीहरुको आधारभुत आवश्यकताको सुनिश्चितता एवम् विधालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा उच्च शिक्षा सञ्चालन गर्ने उद्देश्यले  धन धान्याचल ज्ञान माहायज्ञको आयोजना गरिएको हो । 
श्री पशुपति साङ्गवेद आवासीय संस्कृत मा. वि देवचुली नगरपालिका १५ प्रगतीनगर नवलपरासीमा श्री पशुपतिवैदिक आश्रमको आयोजनामा मा धान्याचल सञ्चालन भएको  छ  । 
माहायज्ञ शुप्रशिद्ध भागवात वाचक पण्डीत दिपक   सापकोटा प्रमुख बाचकको रुपमा रहनु भएको छ । कार्यक्रमको समुद्घाटन जगतगुरु शंकर आचार्यले गर्नुभएको थियो ।  समुउद्घाटन कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका कार्यकारि अधिकृत देवि प्रसाद सापकोटाले धर्म सस्कृतीको संरक्षण तथा संर्वद्धनका लागि यस्ता खालका कार्यक्रमहरुको आयोजना गर्नुपर्ने कुरामा जोड दिनुभयो  ।
 

SHARE

COMMENTS

यसमा तपाइको मत