कावासोती नगरपालिकाका मुख्य स्थानमा सिसी क्यामेरा जडान

विभिन्न घटना तथा सवारी दुर्घटना न्युनिकरणमा सहयोग पुग्छ – डि एस पि थापा

389
कावासोती नगरपालिकाका मुख्य स्थानमा सिसी क्यामेरा जडान

कावासोती नगरपालीका भित्रका मुख्य सडकका चोकहरुमा सिसी क्यामरा जडान गरीएको छ । कावासोती नगरपालिकालाई  प्रविधि मार्फत सुरक्षा दिन मुख्य चोकहरुमा शिशि क्यमरा जडान गरीएको हो ।
ईलाका प्रशासन कार्यलय, ईलाका प्रहरी कार्यलयको सहकार्य र नगरपालीकाको आर्थिक सहयोगमा सिसि क्यमरा जडान समिती गठन गरी जडान कार्यलाई तिव्ररुपमा अगाडी बढाईएको हो । लोकाहा देखि डण्डा सम्म  ९ वटा  क्यमरा जडान गरीने छ । सिसी क्यामेरा १४ लाख को लागतमा ९ स्थानमा  जडान गर्न  लागीएको  हो ।
ईलाका प्रहरी कार्यलय नवलपुरका प्रमुख राजेश थापाका अनुसार २ किसिमका क्यामरा जडान पश्चात नगरपालीका लाई चोरी , विभिन्न घटना तथा सवारी दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने  छ  । नगरपालकिा भित्र जडान गरीएका शिशि क्यमराको मनिटर ईलाका प्रहरी कार्यलय नवलपु्रमा राखि प्रहरीले निग्रानी गर्ने उहाले बताउनुभयो ।
शिशि क्यमेरा जडानले सबैमा सकारात्मक प्रभाव पर्ने समितिका अध्यक्ष वैकूण्ठ आर्यालले जानकारी दिनुभयो । नगरपालीकाको ८ लाख सहयोग र नगरपालीका भित्र रहेका वैंक तथा वित्त सस्थाहरु संग  ६  लाख रकम  संकलन गरी जडान गरीएको हो । जडान कार्यमा ईलाका प्रहरी कार्यलय र प्रविधिक टोलीहरु खटिएका छन् ।
 

 

SHARE

COMMENTS

यसमा तपाइको मत