मध्यविन्दु महोत्सवमा दोश्रो अन्तिम दिन दर्शकको चाप बढेपछि आयोजकहरु उत्साहित

468
मध्यविन्दु महोत्सवमा दोश्रो अन्तिम दिन दर्शकको चाप बढेपछि आयोजकहरु उत्साहित
by sagar pokhrel

मध्यविन्दु महोत्सवमा दोश्रो अन्तिम दिन दर्शकको चाप बढेपछि आयोजकहरु उत्साहित भएका छन् । शनिवार १५ हजार दर्शकले महोत्सव अवालोकन गरेको महोत्सव संयोजक श्याम पौडेलको दावी छ । शनिवार युवापुस्ताका लोकप्रिय गायक कमल खत्रि, ढाकाराम पौडेल लगाएतका  कलाकारहरुको विशेष प्रस्तुती रहेको थियो  । महोत्सवमा मध्यविन्दु डान्स आइडल  अन्तरगतका कार्यक्रम पनि जारी रहेको छ । यसैविच मध्यविन्दु महोत्सवको समापन कार्यक्रम आइतवार हुने भएको छ । महोत्सवलाई सम्बोधन गर्दै युवा परिषदका केन्द्रिय उपाध्यक्ष माधव ढुंगेलले युवाहरुलाई उद्यमशिल बनाउन महोत्सवले टेवा पु¥याउने बताउनुभयो । नेपाली युवाहरुको वैदेशिक रोजगारी समस्या समाधान गर्न, स्वदेशमै स्वारोजगार बनाउन उद्यमशिल्ता अभियान सघन रुपमा सञ्चालन हुन आश्यक रहेको उपाध्यक्ष ढुंगेलको भनाई छ । आईतवार समापन हुने महोत्सवमा ५० हजार वढि दर्शकले  अवलोकन गरेको सहसंयोजक विन्दु काफले जानकारी दिनुभयो ।  

SHARE

COMMENTS

यसमा तपाइको मत