नवलपरासी जिल्लामा मतदाता स्वयंसेवकलाई प्रशिक्षण

स्थानीय तहको निर्वाचनका लागि नवलपरासी जिल्लामा मतदाता स्वयंसेवकलाई प्रशिक्षण दिन थालिएकोे छ ।

223
नवलपरासी  जिल्लामा मतदाता स्वयंसेवकलाई प्रशिक्षण

 नवलपरासी २९ , स्थानीय तहको निर्वाचनका लागि नवलपरासी  जिल्लामा मतदाता स्वयंसेवकलाई प्रशिक्षण दिन थालिएकोे छ । जिल्लामा तोकिएका २ सय ३२ मतदान केन्द्रको प्रतिनिधित्व गर्ने प्रशिक्षकलाई तालिम दिइरहेको जिल्ला  निर्वाचन कार्यालयका नवलपरासीका निर्वाचन अधिकृत  अयोध्या प्रसाद भण्डारीले बताउनुभयो । अहिलेसम्म २ सय २१ जनालाई प्रशिक्षण दिइसकेको बताउँदै उहाँले  वैशाख १ गतेदेखि प्रशिक्षकहरु मतदाता शिक्षाका लागि खटिने बताउनुभयो । जिल्लाका प्रत्येक वडाबाट दुई÷दुई जनालाई मतदाता शिक्षासम्बन्धी तालिम दिइरहेको जनाइएको छ । जिल्ला भरी ४ सय ५९ प्रशिक्षकहरु मतदाता शिक्षाका लागि खटिने बताईएको छ । लअहिले मतदाता शिक्षाका लागि सामाजिक परिचालक, पूर्व बाल विकास केन्द्रका शिक्षिका, प्रवेशिका परीक्षा दिएका महिला र यसअघिको संविधान सभाको निर्वाचनमा मतदाता शिक्षामा खटाइएका कर्मचारीलाई छनौट गरीएको हो ।

जिल्ला  निर्वाचन कार्यालयका अनुसार स्थानीय निकाय निर्वाचनका लागि यस जिल्लामा तिन लाख ८० हजार ९ सय ४ मतदाता रहेका  छन् । जसमा १ लाख ८६ हजार ८ सय ९९ पुरुष , तयस्तै १ लाख ९३ हजार ९ सय ९७ महिला र ८ तेस्रोलिङ्गि रहेको जनाईएको छ । यहाँका दलले पनि अहिले निर्वाचनको प्रचारप्रसारका लागि गाउँगाउँमा कार्यक्रम लिएर जान थालेका छन् । दलहरुले घरदैलो, सभा, नागरिक अन्तक्र्रियालगायतका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । निर्वाचनको मिति नजिकिँदै जाँदै यहाँका आमनागरिकमा पनि अब निर्वाचन हुन्छ भन्ने आशा पलाएको छ ।

SHARE

COMMENTS

यसमा तपाइको मत